अन्जु ध्वजु, (सोसिओलोजि स्ट्युडेन्ट, नेपाल), हाल फ्रान्स
कमल नेपालीको स्वरुप अनि राष्ट्र नेपाल
भर्खर मात्र नेपाल टेलिभिजनबाट प्रसारित समाचारमा कमल नेपलीलाई दुई दिने भ्रमणमा नेपाल आउनु भएका बान कि मून (युनाटेड नेसन, सेक्रेटरी जनरल) संग भेटाउने भन्ने खबर सुनेर म यो लेख नलेखि रहन सकिन। कति छिटो कमल नेपाली त राष्ट्रकै अनुहार भैसकेछन्, जसरी गुर्खा फोर्सको साहास र छवि ब्रिटेनमा छ।

सम्मानित कमल नेपाली र नेपाल पुरस्कार महोत्सव
नेपालको सुन्दर नगरी पोखराको सेती नदिको नजिकैको जमिन फाटेको कप्चेरामा २२ घण्टा सम्म फसेकी साढे दई बर्षिया बालिका आराधना प्रधानको जिवन भगवान रुपी कमल नेपालीले दान गर्न सफल भएका थिए। बालिका आराधना प्रधानलाई उनका बाबुआमाले क्रिश्चियनको चिहान गाड्ने स्थानमा सँगै लिई गएका थिए, त्यसै बखत बालिका आराधना प्रधान दुर्भाग्यबस कप्चेरामा खस्न पुगिछन। केहि छिनमा नै उनको चिच्चाहट सँगसँगै सेती बगेको आवाजले उनका आमाबाबुलाई मात्र नभई सारा नेपाली दाजुभाईलाई पनि मर्माहात बनायो। आर्मि फोर्स, मिलिटरि, रेस्क्यू टिम अनि फ्रेन्च दूताबासबाट खटाईएका रेस्क्यू स्क्वाड र पोखरा बासी एक पछि अर्को गर्दै उद्दारमा लागे। सबै टोलीले आ-आफ्नो ऊपकरणहरु प्रयोग गर्दै अघि बढे, तर कसैको केहि लागेन। कोहि सोच्न पनि सक्दैन थियो कि बालिका आराधना अझै जिँउदै छन भनेर। यस्तो अवस्थामा एक साहसी १३ बर्षिय कमल नेपालीको आगमन सँगसगै सबैमा खुशि छायो। सुन्दा अचम्म लाग्न सक्छ, तालिम प्राप्त आर्मि फोर्स, मिलिटरि, बिशेष रेस्क्यू टिम अनि फ्रेन्च दूताबासबाट खटाईएका रेस्क्यू स्क्वाड अनि आधुनिक ईन्जिनियरिङ उपकरण प्रयोग गर्दा पनि नसकेको काम यसरी एउटा साधरण बालकबाट हुँदा। मैले त्यस साहसी कमल नेपालीलाई टाढैबाट स्यालुट दिए। उसलाई केहि छिनमै सबै न्यूज च्यानलहरुबाट देशको कुना काप्चामा रेहका संघ-संस्थाहरुले स्याबासीका साथसाथै नगद पुरस्कारको घोषणा गरिरहे। त्यति मात्र नभएर व्यक्तिगत रुपमा पनि कमल नेपालीलाई विभिन्न अरु थप अवसरका साथै नि:शुल्क शिक्षा पनि प्रदान गर्दै जादाँ म खुशिले गदगद भए। मेरो मनमा पनि उसलाई समातेर ढ्याम लगाई स्याबासी र नगद रु १०० प्रदान गरु जस्तो लागेर दुई पाईला के सारेको थिए, म रोक्किए किनकि एत्रो पैसाको होडमा म नाथेको के लाग्थ्यो र! यसरी यति ठुलो प्रयास गर्दा पनि नसेकेको काम सफल हुँदा उसलाई सबैले पुरस्कृत गरीरहुन् जस्तो लाग्थ्यो। नभन्दै नेपालका उच्च ओहोदामा रहेका नेताहरु पनि यो अवसरबाट चुकेनन्। गिरिजा प्रसाद कोईराला एक हुन् जसले कमल नेपालीलाई व्याक्तिगत रुपमा केहि रकम प्रदान गरे। यसरि एकोहोरो भेडाको तालले सबैले पुरस्कृत गरीरहनु पनि अचम्मैको कुरा हो। यसको पछाडि के राज थियो भन्ने कुरा त कसलाई थाहा नै छ र, तर म मान्छु कि राम्रो काम गरेवापत सबैले पुरस्कृत र स्यावासी दिईराख्नु भनेको हाम्रो समाजमा फेरि अरु पनि राम्रो काम गरोस् भनेर उत्साहित बनाउने भन्ने बुझिन्छ, जुन नभई नहुने कुरा हो। तर यसरी एकोहोरो नभएर, सबै कुरामा ध्यान दिदै गए हुन्थ्यो नि, नेपालि, नेता अनि नेपाल सरकार ले।

मानव अधिकारबदि , नेपाल सरकार र संचार माध्यमलाई चुनौति
हामिलाई अब थाहा भैसक्यो कि त्यो कप्चेरोबाट कुनै पनि वस्तु निकाल्न गाह्रो थियो तर हामी किन यो प्रश्न उठाउदैनौ कि १३ बर्षिय बालकलाई कसरि हामी नै त्यस्तो कसैले पनि बचाउन नसक्ने कप्चेरामा जान अनुमति दियौ? शायद हामी सबै सकरात्मक थियौ कि उसले बालिकालाई लिई फर्किन्छ भन्ने कुरामा। त्यसो नभएको भए, के हामी सँग कमल नेपाली अनि बालिकालाई बचाउने रेस्क्यू टिमको जगेडा थियो? मलाई लाग्छ, त्यहा उपलब्ध सबै अश्त्रहरु २२ घण्टा सम्ममा प्रयोगमा आईसकेका थिए। हामीलाई थाहा छ कि यो सताब्दिमा जनावरको अधिकार खोज्ने गरिन्छ तर यहा मानवको अधिकारको कुरा गरिएन। यस अर्थमा कि- हामीले १३-१३ बर्षिय बालकलाई प्रयोग गर्न नसक्नु पर्ने। यशु भन्नुहुन्छ कि, कसैको जीवन रक्षाको लागि कोहि भगवान बनेर आईपुगेको हुन्छ। शायद, हामी अब पुरा मान्न तयार छौ होला कि कमल नेपाली पनि बालिकाको लागि भगवान हुन्। यो कुरा मान्यौ भने फेरि किन १३ बर्षीय बालक नै भगवान? कतै मानव अधिकारको कुरा यशुलाई थाहा नभएर पो हो कि? अनि के थाहा हामीलाई, नेपालको मानव अधिकारवादिलाई थाहा थियो कि कमल नेपाली सफल हुन्छ भनेर? कुरा झन जटिल छ, अनि हास्यास्पद पनि। म यति भनेर कहा त्यसै बस्न सक्छु र।
अर्को कोल्टोमा हेर्दा, शायद यो प्रमाणित हुन्छ कि नेपाल सरकारको रेस्क्युई टिमलाई पुरा तालिमको आवाश्यकता रहेछ अनि चाहिने उपकरणहरु आधुनिकरण भैसेकेको रहेनछ भनेर। हामी केहि कुरा अनुमान लगाउन सक्छौ होईन र? किन हामी यो भन्न सक्दैनौ कि हामीलाई अब रेस्क्युई टिम र चाहिने उपकरणहरुको अरु परिक्षाहरु लिईराख्नु पर्दैन भनेर? तर वैज्ञानिक रुपमा भन्दा यसरि एक तर्फि रुपमा हामी किटान गरेर भन्न सक्दैनौ। तर, मुख्य कुरा चाँहि हामीले अब यस्ता खालको घटनाहरुलाई दोहोरिए भने कसरि ईन्जिनियरिङ पद्धतिबाट आधुनिक उपकरणको प्रयोगले समाधान गर्ने भन्ने तिर र कहिले नेपाल सरकार र बुद्धिजिविको घैटामा घाम लाग्छ? पुरस्कृत गरीरहनु पनि नराम्रो कुरा होईन तर हामी त्यो आशा पनि कहा गर्न सक्छौ र फेरि त्यहि कमल नेपालीको जन्म हरेक बर्षमा भईरहन्छ भनेर। अब हेरौ, हामी के गर्न सक्छौ। छोटो अर्थमा भन्दा केहि उपयोगि टिम विकास गरु शायद केहि कामहरुको खोजि होस् अनि हामी गर्व गरु ताकि धेरै जस्तो कामहरु हामी विज्ञान र त्यसको प्रविधिबाट गरु। भन्दा खिल्लि उडाए जस्तो हुन्छ – महान नेता अथवा नेपाल सरकारलाई अझ सुधार्न बसेका गिरजा प्रसाद कोईरालाको यतातिर वुद्धि फिरेन, तर नगद प्रदान गर्न भने चुक्नु भएन। के अब अरु नेताहरुको कुरा यहाँ गर्दा राम्रो होला त? मलाई लाग्छ हामी नेपाली भेडा हौ कि? तर त्यो पनि कहा हो र? कुरा धेरै भाछैन, नेपालमा धेरै परिवर्तन भैसेकेको छ। अब हामी हाम्रा प्रयोग गर्दै आईरहेका सबै उपकरणको कमि कमजोरिलाई अपडेट गर्दै केहि नयाँ प्रविधिको प्रयोग गर्न सक्दैनौ र? गुरुले भन्नुहुन्थ्यो कि हरेक कथा, घटना, अनि अनुवभले एउटा न एउटा शिक्षा दिएकै हुन्छ। यो पक्का हो तर लिने कसरि त? हेरौ अब नेपाल अनि नेपाल सरकारलाई। के ओहोदामा बसेका पदाधिकारिले केहि सिके कि?
अझ भन्ने हो भने देशको तेस्रो अङग मानिने सुचना तथा संचार प्रविधिको काम चाहि त्यति मात्र भयो कि पुरस्कार कसले दियो? के मिडियाले नेपाल सरकारलाई कुनै तरिकाबाट प्राविधिक कमि कमजोरि औल्याउन सक्दैन कि हामीले केहि वैज्ञानिक उपकरणको प्रयोगमा ल्याउनु पर्छ भनेर। शायद, हामी सबै मख्ख भयौ होला कि कमल नेपालीले सबै भन्दा ठुलो काम गर्यौ भनेर। के हामी भन्न सक्छौ यो नै स्थायि समाधान हो? होईन, हामीले फेरि-फेरि त्यहि कमल नेपाली कहाँ पाउँछौ र? हामी त्यो पनि भन्न सक्दैनौ, बालिकाहरु कप्चेरामा, खोलामा, भीरमा खसिरहन्छन्। तर विज्ञानले भन्छ: कप्चेरामा, खोलामा र भीरमा खसिरहने प्रोबाबिलिटि बढी हुन्छ, अर्को कमल नेपालीको अर्को जन्मको तुलनामा।
हामीलाई टिठ लाग्छ कि नेपाल सरकारले किन आफुसँग भएको उपकरणहरुमा कमि भएको महसुस गर्दैन? किन घटनाबाट शिक्षा लिईकन छिट्टैनै कुनै न कुनै तरिकाबाट अनुसंधानात्मक कामहरु अगाडि नसारेको होला? कतै संविधान बनाउने चटारोले त होईन? हँ, होईन होला। हामी अझ पनि सकरात्मक सोँच राखु कि नेपाल सरकारले केहि त गर्छ भनेर। तर कहिले शुरु गर्ने त? के चाहन्छ नेपाल सरकार, नेपालको सबै वुद्धिजिबिहरु पलायन होऊन? होईन कि?
निश्कर्षमा, स्थाहि सोँच राखि हेर्ने हो भने राम्रो काम गर्नेलाई पुरस्कार मात्र होईन अरुलाई पनि सिक्ने अनि सिकाउने वातावरण सरकारले सजाउने पर्छ। नेपालमा नै भएका वुद्धिजिबिहरुलाई नेपालमा नै बसेर केहि नेपालको कुना-कुना सम्म छुने गरेर अनुसंन्धानात्मक काम गराउन अनि रित्तिएको नेपाललाई भर्न नेपाल सरकार जिम्मेवार हुनुपर्छ, होईन र? एउटा कुरा अझ पनि अचम्म नै छ, एक नेपाली यूरोप, अमेरिका, अस्ट्रेलिया को लागि साईन्टिस्ट हुन सक्छ भने नेपालमा किन हुन नसकेको? शायद, विश्वास को खाँचो होला। अब हामी एक अर्कालाई यसरि विश्वास गरौ ताकि हामी पनि अर्को कमल नेपालि बन्न सकौँ।
No comments:
Post a Comment